आफ्नो दायित्व पूरा नगर्ने राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनुपर्छ : अधिवक्ता भट्टराई

1.2k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा जारी सुनुवाइमा रिट निवेदकतर्फबाट बहस गर्दै अधिवक्ता टीकाराम भट्टराईले आफ्नो दायीत्व पूरा नगर्ने राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनु पर्ने बताएका छन् ।

‘आफ्नो दायित्व पूरा नगर्ने राष्ट्रपति र उपराष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ । त्येसैले उहाँले म कर्त्यव्य पूरा गर्दिन भन्न पाउनु हुन्न । यो मुद्दा उहाँले प्रधानमन्त्री नियुक्त नगरेको विषय हो, नियुक्त गर्दिन भन्न पाउनु हुन्न ’ उनले भने ।