११ महिनामा साढे १२ खर्बको व्यापार घाटा



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपालको निर्यात बढे पनि वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएको छ । चालू आर्थिक वर्षको ११ महिना अर्थात गत साउनदेखि जेठ मसान्तसम्ममा वैदेशिक व्यापार घाटा २४ दशमलव ६१ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपियाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार उक्त अवधिमा नेपालले १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपियाँको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख १० हजार रुपियाँ रहेको थियो ।

विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपियाँ वस्तु तथा सेवा आयात गरेको छ ।यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलानामा २५ दशमलव ६७ प्रतिशत बढी हो । त्यस्तै निर्यात ३७ दशमलव ७८ प्रतिशतले वृद्धि भई १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपियाँ पुगेको छ । यस आधारमा मासिक औसत व्यापार घाटा सवा खर्ब रुपियाँ रहेको देखिन्छ ।वैदेशिक व्यापार वृद्धि भएसँगै व्यापार घाटाको ग्राफ पनि बढेको छ । व्यापार घाटा बढाउन पेट्रोलियम पदार्थको भूमिका विशेष हुने गरेको छ ।

नेपाल पेट्रोलिय पदार्थको आपूर्ति आयात गर्नुपर्ने भएकाले पनि व्यापार घाटा उच्च हुने गरेको छ । त्यसबाहेक नेपालले खाद्यान्न, फलफूल आइरन र स्टिल, मेसिनरी सामग्री, गाडी र पाटपूर्जा, औषधि, प्लास्टिकलगायतका सामग्री आयात सबैभन्दा बढी गरेको छ भने भटमासको तेल, कफी, चिया, कार्पेटलगायतका बढी सामग्री निर्यात गरेको विभागले जनाएको छ । कोभिड–१९ का कारण लामो समयसम्म बन्दाबन्दीको अवस्था रहँदा अर्थतन्त्र ठप्प रहेको थियो । यस अवधिमा पनि व्यापार घाटा उच्च हुनु नेपालको अर्थतन्त्रका लागि चिन्ताको विषय रहेको अर्थशास्त्रीहरूको भनाइ छ ।

चालू आर्थिक वर्षको ११ महिनामा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपियाँ वस्तु तथा सेवा आयात गरेको छ ।यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलानामा २५ दशमलव ६७ प्रतिशत बढी हो । त्यस्तै निर्यात ३७ दशमलव ७८ प्रतिशतले वृद्धि भई १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपियाँ पुगेको छ । यस आधारमा मासिक औसत व्यापार घाटा सवा खर्ब रुपियाँ रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्