काठमाडौंंमा थप ३१० जनामा कोरोना संक्रमण पुष्टि

154
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ९९ जना र भक्तपुरका ६७ जनामा संक्रमण पुष्टि भएको छ। आज काठमाडौं उपत्यकामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने ४९५४ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै देशभर थप ४५२२ जनामा कोरोना संक्रमण देखिएको छ।