देशभर थप २२९७ जनामा कोरोना संक्रमण, ४६ संक्रमितको मृत्यु

420
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभर थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा थप ४६ जना संक्रमितको मृत्यु भएको छ र ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।