न्युज अफ नेपाल, काठमाडौ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपाका स्वास्थ्यकर्मी हिरो हुन भन्दै प्रशंसा गर्दै ट्वीट गर्नुभएको छ । उहाँले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्वीट गर्दै उक्त प्रसशा गर्नुभएको हो । नेपालमा पछिल्लो समय चालु खोप लिएर गन्तब्य जाँदै गर्दा बर्षाद्का कारण खोलो बढेपछि स्वास्थ्यकर्मीहरुले असार १ गते मुस्ताङको छापताङ् खोला तार्ने क्रममा पाइपको सहारले खोपको बाक्सा लठ्टीमा झुण्ड्याएर काधमा बोकेर तारेका थिए ।
उक्त भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक भएसँगै महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको उल्लेख गर्नुभएको छ । उहाँले कतिपय स्थानमा यस्ता हिरोहरुले अझै खोप लगाउन नपाएको समेत उल्लेख गरिएको छ । ट्विटमा ट्रेडोसले लेख्नुभएको छ “स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, के यो न्याय होला कि यस्ता हिरोहरुलाई अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट बञ्चित गर्नु ?” “यो हाम्रो शक्ति र कर्तव्य हो, भ्याक्सिन समान वितरण गर्न हामी जे पनि गर्न सक्छौं । अहिले नगरे कहिले ” भनिएको छ ।
यति कठीन यात्रा गरि नागरिकको जीवन बचाउँन खटिएका स्वास्थ्यकर्मीहरुको सेवा र सन्देशलाई सकारात्मक रुपमा पालना गर्ने राज्य र आम नागरिकको दायित्वलाई यतिबेला ख्याल ख्यालमा लिन नहुने स्वास्थ्यकर्मी संदीप केसी बताउँनुहुन्छ । उहाँले कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ र अझ जनचेतनाकै अभावका कारण तेस्रो लहर पनि नफैलेला भन्न सक्ने अवस्था नरहेको विज्ञहरुले औल्याउँदै आएको बिषयमा सरकार गम्भीर हुनुपर्ने बताउँनुभयो । विज्ञहरुले भनेजस्तै असारको मध्यतिर लकडाउन खुकुलो गरिने र स्वास्थ्य सुरक्षामा कडाई नगरिने हो भने गत बर्ष जस्तै यो बर्ष पनि श्रावणको अन्त्य सम्ममा पुनः देशका स्वास्थ्य संस्थाले धान्नै नसक्ने गरि कोरोना संक्रमण बढ्ने सम्भावना रहेको बताउँनुभयो ।
उहाँ भन्नुहुन्छ—अहिले कोरोना संक्रमण केही मन्थर भएपनि जोखिम कम भएको भने छैन । परिक्षण गराउँनेको संख्या घटेको र विदेश जाने स्वस्थ व्यक्तिहरुले पनि यतिबेला परिक्षण गराएको अंकले कम भएजस्तो देखिए पनि गम्भिर बिरामी हुनेको संख्यामा उल्लेखनीय सुधार आएको छैन । हामी स्वास्थ्यकर्मीले घरघरमा गएर एक घर एकजनाको परिक्षण अभियान चलाउँदा हरेक वडामा परिक्षण गरिएको संख्यामा ४० प्रतिशत भन्दा बढी नै संक्रमितको संख्या देखा परेको छ । यो चुनौतिपूर्ण घडीमा नागरिक स्वयम सचेत हुनु जरुरी छ ।
This is how far #healthworkers go to save lives. Is it fair that in many places these heroes have still not been vaccinated?
It is in our power and our duty to do everything we can to deliver #VaccinEquity! If not now, when?https://t.co/Dm1YVbc9uB
— Tedros Adhanom Ghebreyesus (@DrTedros) June 17, 2021
प्रतिक्रिया