जितुलाई जन्मदिनमा अनौठो उपहार


रश्मी थापा

लोकप्रिय हास्य अभिनेता जितु नेपाल (जीत बहादुर नेपाल) ले आइतबार जन्मदिन घरमै आमा तथा परिवारजन र शुभचिन्तकहरुबाट आशिर्वाद तथा शुभकामना थापेर मनाएका छन् । निषेधाज्ञाका कारण अघिल्लो वर्षजस्तो कतै जान र जन्मदिनका लागि राखिएको कार्यक्रममा सहभागी हुने वातावरण नभए पनि जितुलाई सामाजिक सञ्जाल र फोनबाट शुभकामनाको ओइरो लागेको छ ।

पहिलो शुभकामना आफ्नी श्रीमतीबाट पाएका जितुले नजिकै रहेको दाइको घरमा गएर आमाको आशिर्वाद लिएका थिए। पहिलो विस बिहान साँढे ५ बजेतिर श्रीमतीले ह्याप्पी बर्थडे बुढा भन्दै गरिन्। त्यसपछि छोराछोरीले गरे। योसँगै दाइहरुले, दाइका छोराछोरी र भाउजूहरुले बाहिर भएका भतिजा र भान्जीहरुले फोन गरेर शुभकामना दिनुभयो। त्यसपछि, आमाले फोन गर्नुभयो आमा नजिकै दाइको घरमा हुनुहुन्छ। आमालाई भेट्न गएँ, ढोगेँ र आशिर्वाद लिएँ जितुले सुनाए त्यसपछि केदार घिमिरे दाइले फोन गर्नुभयो। योसँगै सामाजिक सञ्जालमा कयौं कलाकार तथा दर्शकले शुभकामना दिनुभयो।

‘यस वर्षदेखि म ४५ कटे’। यसपछिचाहिँ म कति भए याद हुँदैनु जितुले हाँसो गर्दै भने– ‘आमा पनि म कति वर्ष भएँ, कन्फ्युज हुनुहुन्छ। म ४५ चाहिँ कटेँ। तर, त्यसपछि चाहिँ कन्फ्युज नै छु। उमेर बढ्दै जाँदा आफूलाई त्यहीअनुसार मेन्टेन गर्दै लानुपर्ने जितु बताउँछन्। अघिल्ला वर्षमा पशुपति गएर पूजाआजा गरेर जन्मदिनको शुरुआत गर्ने जितुले यसपटक निषेधाज्ञा र परिस्थितिका कारण पशुपति जान उचित ठानेनन्। ञपोहोरतिर पशुपति दर्शन गर्न जान्थेँ। त्यहाँका मूल भट्ठज्यूहरुले पनि मलाई आशिर्वाद दिने गर्नुहुन्थ्यो।

त्यसपछि आवश्यक परेकालाई सर–सहयोग गर्ने गर्र्थें। यसपालि पनि आउने कि भन्दै थिए साथीहरुले, तर कोभिडका कारण आफै सजग हुनुपर्छ भनेर टाढैबाट भगवान् सम्झिएँ जितुको भनाइ थियो। जितु जन्मदिनको अवसरमा सामाजिक कार्य र सर–सहयोग गर्न रुचि राख्छन्।जन्मदिनको दिन विशेषगरी केही राम्रा सामाजिक काम गरौं जस्तो लाग्छ। पोहोरतिर पनि दुःखी व्यक्तिहरुलाई खाना खुवाउने ठाउँमा गएर २५-३० हजार या सर–सामान सहयोग गर्थें। केही नभए पनि मन्दिर वरिपरि बसेका व्यक्तिलाई सहयोग गर्थेंं। तर, योपटक त्यस्तो वातावरण भएन। अस्ति भर्खरै नेपाल चलचित्र नृत्य संघका भाइबहिनीहरुलाई दाल चामलजस्ता खाद्यान्न वितरण गर्ने कार्यक्रम थियो, त्यसमा मेरो तर्फबाट २५ हजार रुपियाँ सहयोग गरेँ। त्यसैलाई यसपालि जन्मदिनको दिन मेरो तर्फबाट गरेको सहयोग सम्झेको छु उनी भन्छन्।

फिल्म क्षेत्रमा आएपछि जन्मदिन मनाउन थालेको बताउने जितुलाई पछिल्लो केही वर्षयता सामाजिक सञ्जालका कारण धेरै शुभकामना पाउने गरेको अनुभव छ। ञसानोमा गाउँमा हुँदा जन्मदिन मनाउने चलन थिएन। बर्थडे कहिले पर्छ पनि कसैलाई थाहा हुँदैनथ्यो। फिल्म क्षेत्रमा लागेर र सामाजिक सञ्जालमा आउन थालेपछि चाहिँ सबैले थाहा पाउने भएकोले धेरैबाट शुभकामना पाउन थालेको हुँ। बर्थडे नै मनाऊँ भनेर खासै केही गरेको छैन।कलाकारितामा लागेपछि साथीभाइले भेटघाट राखेर शुभकामना दिनुहुन्थ्यो जितुले सुनाए केही वर्षयता रेडियो अडियोको टिमले हास्यकलाकारहरु बोलाएर केक काटेर बर्थडे मनाइदिन्थ्यो। यसपटक लकडाउन भएको र सजगता अपनाउनुपर्ने कारण त्यो सम्भव भएन।केही वर्षअघि रेडियो अडियोको टिमले जन्मदिनका दिन आफ्नै घरमा गएर सरप्राइज दिएको जितुलाई यादगार जन्मदिन लाग्छ। सधैं रेडियो अडियोले जन्मदिनको केही दिनअघि जन्मदिन मनाउने कार्यक्रमबारे जानकारी पाइन्थ्यो। तर, उक्त वर्ष केही पनि खबर आएन।

मनमा चाहिँ यसपालि नमनाउने हो कि बिर्सेको हो कि केही खबर आएन आफैले मेरो जन्मदिन आयो भन्ने कुरा पनि भएन भन्ने सोचिरहेको थिएँ। एकैचोटि घरमा रेडियो अडियोको टिम राजा राजेन्द्रलगायत आउनुभएपछि म अचम्म परेको थिएँ जितुले सम्झिए ञघरमा चाहिँ सबैजना मलाई हेरेर हास्छन्। मलाई सरप्राइज दिन भनेर उहाँहरुले श्रीमतीलाई घरमै आउँछौं, दाइलाई नभन्नु भन्नुभएको रहेछ।जन्मदिनका बेला उपहारभन्दा पनि आशिर्वादको महङ्कव बढी रहेको मान्छन् जितु। पोहोरतिर फाट्टफुट्ट साथीहरु र श्रीमतीबाट केही उपहार पाइन्थ्यो। तर, यसपालि लकडाउन भएको कारण बिहानै ह्याप्पी बर्थ्डे बुडा भनेर गालामा म्वाई उपहार पाइयो जितुले भने ञछोराछोरीसँग गिफ्ट दिन के नै कमाइ हुन्छ र? उनीहरुले मलाई पेन्टिङहरु बनाएर विस गर्छन्। त्यही नै मलाई विशेष लाग्छ। म खासै गिप्टको आशा राख्दिनँ। सबैले आशिर्वाद र माया दिनुहुन्छ, शुभकामना दिनुहुन्छ। त्यो नै मेरा लागि सबैभन्दा ठूलो उपहार हो।