मेलम्ची बजारमै बाढी पस्यो, हजारौँ परिवारको बिचल्ली

57.15k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सिन्धुपाल्चोकस्थित इन्द्रावती र मेलम्ची नदीमा आएको बाढी मेलम्ची बजारमा पसेपछि स्थानीय जनजीवन अस्तव्यस्त बनेको । मेलम्ची बजारमै बाढी पसेपछि स्थानीयहरु यतिबेला घर छाडेर भाग्न बाध्य भएका स्थानीय पत्रकार देवराज सुवेदीले न्युज अफ नेपाललाई जानकारी दिए । पत्रकार सुवेदीले भने, ‘बाढीका कारण ज्यान जोगाउनै हम्मेहम्मे परेको छ । जनजीवन अस्तव्यस्त छ, के कति क्षति भयो भन्न सकिने अवस्था छैन । राति भएकाले उद्धार तथा अन्य सहयोगको पनि कुनै सम्भावना देखिँदैन ।’

हाल प्रभावित क्षेत्रमा दुई घण्टादेखि भागाभागको अवस्था रहेको छ । बाढीका कारण विद्युत सेवा समेत अवरुद्ध हुँदा जनजीवन थप प्रभावित भएको छ । मंगलबार दिउँसोदेखि आएको अविरल बर्षाका कारण इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याममा समेत क्षति पुर्याएको छ । मेलम्चीको पानी काठमाडौं ल्याउन प्रयोग हुने ड्याम समेत आज दिउँसो खोलिएकाले नदीमा पानीको बहाव थप बढेको हुन सक्ने पनि पत्रकार सु्वेदीले बताए ।