अपशब्द प्रयोग गर्दै पत्रकारलाई सडकमै कुट्ने धम्की

658
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

कोभिडविरुद्ध खोप दुरुपयोग भएको विषयमा समाचार लेखेको भन्दै रामेछाप नगरपालिका–६ स्थित जनकल्याण माविका शिक्षक ख्यानबहादुर श्रेष्ठले पत्रकार महासंघ बागमती प्रदेश समिति सदस्य ज्ञानु श्रेष्ठलाई अपशव्द प्रयोग गरेका छन् ।

उनले पत्रकारलाई सडकमै कुट्ने धम्की दिएका हुन् । उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाचारमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने ढोका खुला हुँदाहुँदै गालीगलौज र कुटपिटसम्मको धम्की दिनु समग्र पत्रकार र पत्रकारिता पेशालाई नै अपमानित गर्दै अमर्यादित शव्द प्रयोग गर्नु निन्दनीय विषय बनेको महासंघले जनाएको छ ।

पत्रकारलाई धम्की दिने शिक्षक श्रेष्ठलाई कानुनी कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै लक्षित वर्गका लागि प्राप्त खोप दुरुपयोग कार्यको छानबिन गरी दोषीलाई कारबाही गर्न महासंघ प्रदेश महासचिव कृष्ण सारुमगरले माग गर्नुभएको छ ।