निति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय, सांसदहरुलाई ह्वीप जारी

630
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।

नेकपा एमाले कर्णाली प्रदेश संसदिय दलले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको आ.व. २०७८।०७९ को निति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम आजै पास गरेर आ.व. २०७८।०७९ को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । अदालतको फैसलाले चार सांसदको पुनर्बहालीपछि कर्णालीमा एमालेको एकल वहुमत रहेको छ ।आज वसेको संससदियदलको वैठकमा माधव नेपाल पक्षिय सांसद प्रकाश ज्वाला सहभागी भएपनि अन्य तिन जना सहभागी हुनु भएको छैन ।

एमाले संसदिय दलको वैठकमा सहभागी ज्वाला प्रदेश सभा बैठकमा पनि उपस्थिति हुने र निति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएको प्रमुख सचेतक शाहले जानकारी दिनुभयो । उहाँका अनुसार संसदमा प्रदेशसभाले तयार पारेको प्रमुख प्रतिपक्ष वस्ने रोहमै ज्वाला बस्ने र विपक्षमा मतदान गर्ने वताउनुभयो । आफना सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक शाहले जानकारी दिनुभयो ।

यस्तो छ कर्णालीको अंकगणित

सर्वोच्च अदालतको आदेशपछि कर्णाली प्रदेशसभा ३९ सदस्यीय बनेको छ । एमालेका फलोर क्रस गर्ने ४ जना तथा माओवादी केन्द्र त्यागेर एमालेमा गएका दैलेखका सांसद धर्मराज रेग्मीलाई कारवाही गर्दा ३५ सदस्य कायम भएको दुइ महिना नवित्दै उकालो लागेर ३९ सदस्यमा कायम भएको छ ।

अदालतको आदेश पछि हाल कर्णाली प्रदेश सभामा एमालेको एकल वहुमत भएको छ । सभामुख राजबहादुर शाही सहित एमालेका सांसद २० जना, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एकजना सांसद छन । अव हुने राजनितिक घटनाक्रम कसरी विकास हुन्छ त्यस पछि घटनाक्रम फरक ढंगले विकास हुनसक्छ । ३९ सदस्य प्रदेश सभामा वहुमत लिन २० जना सांसद भए पुग्छ । माओवादी १२ र कांग्रेशका ६ जना गरेर १८ जनाको वहुमतको कर्णाली प्रदेशका मुख्यमन्त्रिी महेन्द्रवहादुर शाहीको सरकार वनेको छ ।