माफी माग्दा पनि सुख पाएनन् वैद्यले 


रोशन पराजुली हेटौंडा, (नेस) ।

वागमती प्रदेशसभामा प्रधानमन्त्री केपी ओलीविरुद्ध ‘नाथुराम गोड्से बन्ने’भनेर दिएको अभिव्यक्ति प्रति आत्मालोचनासहित सभामै माफीमागि सक्नु भएका नेपाली कांग्रेसका सांसद् नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न माग गरिएको छ ।

नेकपा एमालेका जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिहरूले प्रदेशसभा सदस्य वैद्यको अभि व्यक्तिप्रति फौजदारी कानुन आकर्षित हुने भन्दै अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।गृहमन्त्री खगराज अधिकारीलाई सोमबार भेटेर अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीयमुक्ति समाज, नेपाल खेलकुदमहासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा वैद्यलाई अविलम्ब सांसद्बाट हटाउन माग पनि गरिएको छ ।

उनीहरूले आफ्ना सांसद्ले आपत्तिजनक अभिव्यक्ति दिँदा पनि नेपाली कांग्रेसले मौनता साँधेको भन्दै विरोध जनाएका छन् यसैबीच, वैद्यविरुद्ध जिल्लाप्रहरी कार्यालय मकवानपुरमा जाहेरी पनिदर्ता भएको छ । प्रधानमन्त्रीको हत्या गर्न उक्साउने गरी अभिव्यक्ति दिएको भन्दै युवा संघ मकवानपुरका सदस्य सदस्य अनिल काफ्लेले वैद्यलाई पक्राउ गरी कारबाहीको मागगर्दै जिल्लाप्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेका हुन् । उनले वैद्यविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३५ को उपदफा ३ (ख) बमोजिम कारबाही माग गर्दै आइतबार जाहेरी दर्ता गराएका छन् । युवा संघ मकवानपुर जिल्लादिएको जाहेरी मकवानपुर प्रहरी प्रमुखप्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरलाई बुझाइएको हो ।

प्रधानमन्त्रीका सन्दर्भमा आपत्तिजनक अभिव्यक्तिदिएका वैद्यले शुक्रबार बैठकमा आफ्नो अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफीमाग्नुभएको थियो । प्रदेशसभामा समय लिएर बोल्दै उहाँले आफूले बोलेका शब्दफिर्ता लिँदै आफूले बोलेका कुरा नीति र संसदीयमर्यादाविपरीत रहेको महसुस गर्दै अभिव्यक्ति रेकर्डबाट हटाउन अनुरोध गर्नुभएको थियो । सभामुख सानुकुमार श्रेष्ठले सोही बैठकबाट उक्तभनाइ रेकर्डबाट हटाउन निर्देशनदिनु भएपछि वैद्यको अभिव्यक्ति रेकर्डबाट हटाइ सकिएको छ । यद्यपि, उहाँले आत्मालोचना गरेरमात्रनहुने र पक्राउ गरेर कारबाही नै गर्नुपर्ने भन्दै संघले जाहेरी दर्ता गरेको हो । संघले शनिबार कारबाही माग गर्दै प्रहरीमा ज्ञापनपत्र पनि बुझाएको थियो ।वैद्यविरुद्धको जाहेरी दर्ता गरिएकोमा कांग्रसले आपत्ति जनाएको छ । कांग्रेस प्रदेश संसदीय दलका नेताइन्द्र बानियाँले सांसद वैद्यविरुद्धको जाहेरी प्रदेशसभाको विशेषाधिकार हनन् गर्दै प्रदेशसभाको मानहानि गर्ने कार्य भएको भन्दै विज्ञप्ति जारी गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘प्रदेश सभामा व्यक्त कुनै कुराकाआधारमा प्रदेशसभा सदस्यलाई पक्राउ गर्ने र थुनामा राख्ने वानिजउपर कुनै अदालतमा कारबाही चलाइने छैन भन्ने संवैधानिकव्यवस्थाको पूर्णरूपमाबर्खिलापवद्नियतपूर्ण तवरबाट जाहेरी दर्ता छ ।’प्रहरी अनुसन्धान अधिकारीलगायत सरकारका कुनै पनिनिकायलाई यसो गर्ने कानुनीअधिकार नभएको जिकिर गर्दै विज्ञप्तिमा भनिएको छ–‘संवैधानि कव्यवस्था, विधिको शासन र प्रचलित कानुन विपरीत गरेको यस्तो कार्यको नेपालीकांग्रेस प्रदेश संसदीय दल घोर भत्र्सना गर्दछ । आवश्यक परे यस्तो गैरसंवैधानिक कार्यको कांग्रेस प्रदेश संसदीयदलले प्रदेशसभामा सशक्त प्रतिवाद गर्नेछ ।’