क्लब हाउस के हो ?



नेपालमा पछिल्लो समय क्लब हाउस एप लोकप्रिय भइरहेको छ । नेपालीहरु यसको प्रयोगमा गर्न हौसिएका छन् । हरेक विषयका छुट्टाछुट्टै अनलाइन मिटिङका भ्वाइसहरु सुन्न सकिन्छ । आफूलाई उपयुक्त लागेका कुराबारे मज्जाले सुनेर र सहभागी भर्य आनन्द एवं ज्ञान लिन सकिन्छ ।

क्लब हाउस आईओएस र एन्ड्रोइड सञ्चालन प्रणालीका लागि निर्माण गरिएको एक सामाजिक सञ्जाल अनुप्रयोग हो, जसलाई प्रयोग गर्नका लागि आमन्त्रणको आवश्यक पर्दछ । यस अनुप्रयोगमार्फत प्रयोगकर्ताहरूले ध्वनिका माध्यमबाट संवाद गर्न सक्छन् । यस अनुप्रयोगले मात्र ध्वनिका माध्यमबाट गरिने संवादलाई समर्थन गर्दछ ।यो एप सार्वजनिक भएलगत्तै कोरोना महामारी पनि बढ्दै गयो । तर महामारीबीच नै एपले अझ बढी लोकप्रियता कमायो । सन् २०२० डिसेम्बरसम्ममा क्लब हाउसका प्रयोगकर्ता ६ लाख पुगे । प्रमुख कार्यकारी अधिकृत पल डेभिसनका अनुसार जनवरी २०२१ सम्ममा क्लब हाउसको साप्ताहिक प्रयोगकर्ता करिब २० लाख पुगे ।यस अनुप्रयोगलाई पहिलोपटक सन् २०२० मार्चमा अल्फा अन्वेषण निगमका पल डेभिसन र रोहन सेथले आईओएसमा सार्वजनिक गरेका थिए । क्लब हाउस एकलाई आईओएसमा सार्वजनिक गरिएको १२ महिनापश्चात् एन्ड्रोइड सञ्चालन प्रणालीले समर्थन गर्ने गरी परीक्षा अनुप्रयोगको रूपमा सार्वजनिक गरेको थियो ।

क्लब हाउसको आफ्नो टोलीले प्रयोगकर्ता आधारको वृद्धिलाई व्यवस्थापन गर्न सक्षम भएको र ठूलो दर्शकलाई सहयोग गर्न सक्षम हुनका लागि अनुप्रयोगलाई परिष्कृत गर्न सक्षम छ भन्ने सुनिश्चित गर्न मात्र निमन्त्रणा रहेको उल्लेख गरेको छ । क्लब हाउसले भविष्यमा प्रयोगकर्ताहरूमाझ आफ्नो पहुँच विस्तार गर्ने र सन् २०२१ मा पूर्ण एन्ड्रोइड संस्करणलाई सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको थियो ।स्पष्ट अनुमतिविना आवाजलाई सुरक्षित गर्न, प्रतिलिपि गर्न, पुनः उत्पादन गर्न वा साझेदारी र वार्तालापलाई क्लब हाउसको दिशानिर्देशद्वारा निषेध गरिएको छ । यसकारण यस अनुप्रयोगका माध्यमबाट दुव्र्यवहार र जातीय भेदभावका घटनाहरू घटेकाले अनुप्रयोग विवादको स्रोत भएको जनाइएको छ । यसका साथै क्लब हाउसको अन्तर्निहित गोपनीयतासम्बन्धी विवादको आलोचना गरिएको छ । ओमान, जोर्डन र चीनजस्ता देशहरूले अनुप्रयोगको पहुँचमा रोक वा यसको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएका छन् ।

फेसबुक, ट्विटर, डिसकर्ड, स्पोटिफाई, रेडिट र स्लाकजस्ता कम्पनीले क्लब हाउससँग सीधै प्रतिस्पर्धा गर्नका लागि विभिन्न उत्पादनहरूको विकास गर्दै आएका छन् । अहिले यसका २० लाख मात्रै सक्रिय प्रयोगकर्ता छन् तर सन् २०२० मा शुरु भएयता यो बढिरहेको छ । तर सामाजिक सञ्जाल भन्ने वस्तु अनौठो हुन्छ र पहिलो हेराइमा क्लब हाउस प्राविधिक छलकपटविनाको राम्रो सोचजस्तो देखिन्छ ।
यसको अर्थ यो अन्य ठूला कम्पनीले सजिलै चोर्न सक्छन् । स्न्यापच्याटको हराउने तस्वीर वा भिडिओ पोस्ट गर्ने सुविधा इन्स्टाग्रामले मजाले नक्कल ग¥यो, जसका कारण स्न्यापच्याटलाई असर प¥यो । तर अन्य लगभग सबै सामाजिक सञ्जालका भन्दा फरक सोचले बनेको भएर क्लब हाउस चल्न सक्छ ।
– सुवाल थपलिया, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्