जसपाको पुरानै पदाधिकारी कायम रहने आयोगको निर्णय


काठमाडौं ।

जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा बहुमत पु-याएर दाबी पेस गर्न आइतबार बोलाएको कार्यकारिणी समितिको बैठक स्थगितभएको छ । कार्यकारी सदस्यएवं उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्री राजकिशोर यादव बैठकमा सहभागी नभएपछि बैठक स्थगितभएको हो ।

यसैबीच,निर्वाचनआयोगले ठाकुर पक्षलाई नै फाइदापुग्ने गरी निर्णय गरेको छ । आयोगले पार्टी अध्यक्षद्वयमहन्थ ठाकुर र उपेन्द्र यादवदुवै पक्षले गरेको कारबाहीअस्वीकार गर्दै पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गर्दा जसपाका अध्यक्ष महन्त ठाकुरले बुझाएको ८ जना मन्त्रीहरूको सूचीमा यादवको नाम अन्तिम समयमा हटाइएको थियो । तर,यादवआफैले प्रधानमन्त्री ओली सँग वार्ता गरेपछि दोस्रो पटक विस्तारित मन्त्रिपरिषद्मा उहाँलाई थप्ने सहमति बनेको थियो । उहाँ बैठकमा सहभागी नहुनुलाई यसै विषयसँग जोडेर हेरिएको छ ।

सरकारमा सहभागी हुने विषयमा विवाद भएपछि पार्टी अध्यक्षद्वय ठाकुर र यादवले एक अर्कालाई पार्टीबाट निष्कासित गर्दै कारबाहीबारे निर्वाचनआयोगलाई जानकारी गराएका थिए । पत्र बुझाएको दुई दिनपछि उल्लेखित ढाँचाअ नुसार निवेदनदिने प्रक्रिया नपुगेको भन्दै आयोगले सोही अनुसार निवेदन दिन यादव पक्षलाई भनेको थियो भने ठाकुर पक्षलाई कागजातहरू पनि नपुगेको हुनाले नियमवलीको अनुसूची १८ को ढाँचा अनुसार निवेदन दिन र आवश्यक कागजात बुझाउन भनेको थियो ।यादव पक्षले तोकिएको ढाँचा अनुसार आयोगमा निवेदन दिइसकेको छ । तर, ठाकुर पक्षले भने कोरोनाको कारण देखाउँदै तत्काल कागजात दिन नसक्ने भन्दै एक हप्ताको थप समय माग गरेको थियो । तर, ठाकुर पक्षले तोकिए अनुसारको ढाँचामा आयोगमा कागजातन बुझाउँदै निर्वाचन आयोगले जसपाको दुवै पक्षको गरेको कारबाही अस्वीकार गर्ने निर्णय गरेको छ ।