कर्णालीमा निति तथा कार्यक्रम प्रस्तुत हुँदै

140
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि आफ्नो नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दैछ ।

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज दिउसो २ वजे प्रदेशसभामा कर्णाली प्रदेश सरकारका तर्फवाट आ.व. २०७८/०७९ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कर्णाली प्रदेश सरकार प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । बजेट ल्याउनुभन्दा १५ दिन अगाडिदेखि नै प्रि–बजेट छलफल गर्नुपर्ने ब्यवस्था भएपनि विहिवार मात्रै बैठकमा प्रि–बजेटमाथि छलफल भएर शुक्रवार सकिएको थियो । अधिवेशन नै ढिला सुरु भएका कारण प्रदेश सरकारसँग बजेट ल्याउने समय कम भएको छ । प्रमुख प्रतिपक्षको अवरोध हटाउन प्रमुख प्रतिपक्ष र सत्तापक्ष विच सहमति भएपछि छोटो अवधिमा प्रदेश सरकारले हतारमा बजेट ल्याउनुपर्ने संवैधानिक वाध्यता रहेको छ ।