जाजरकोट जिल्ला अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

98
Shares

बासुदेव शर्मा, जाजरकोट । 

जाजरकोटमा एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारर्थ कोरोना संक्रमितको शुक्रवार मृत्यु भएको हो ।

दुई हप्ता अगाडी देखि जाजरकोट अस्पतालमा उपचार गराईरहेका नलगाड नगरपालिका ४ सिमाका ६४ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ ।

गत ८ गते देखि विरामी भएका ६४ बर्षिय पुरुषको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा गरिएको एन्टीजेन परिक्षण रिर्पोटले कोरोना नेगेटिभ देखाएको थियो । ९ गते जिल्ला अस्पताल जाजरकोटमा गरिएको एन्टीजेन परिक्षणको रिर्पोटले पनि उनलाई कोरोना नेगेटिभ देखाउदाँ पिसिआर परिक्षणको लागी स्वाव संकलन गरि रुकुम पश्चिमको चौरजहारीमा ल्याव प्रयोगशालाबाट १० गते आएको रिर्पोटले उनलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि छोराहरुले उपचारको लागी सुर्खेतको कालागाउँ प्रदेश अस्पतालमा उनलाई लिएका थिए । प्रदेश अस्पतालको आईशोलेसनमा पाँच दिन सम्म उपचार गरिरहेका उनले आफुलाई जाजरकोट लैजान छोराहरुसग आग्रह गरेका थिए । विरामीले गरेको आग्रहलाई स्वीकार्दै छैटौ दिनमा उनको जिल्लाअस्पताल जाजरकोटको आईशोलेसनमा राखेर उपचार शुरु गरिएको थियो ।

कोरोना संक्रमित ६४ बर्षिय पुरुषलाई जिल्ला अस्पताल जाजरकोटमा कार्यरत चिकित्सकहरुले नियमित रुपमा अक्सिजन सिलिण्डर सहित कोरोना भाईरसका सवै औषधि प्रयोग गरेका थिए । अन्तत कोरोनासगको लडाई हारेपछि उनको शुक्रबार मृत्यु भएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ ।