सर्वदलीय बैठक सुरू, ओली सहभागी भएनन् (तस्वीरसहित)

196
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सभामुख अग्निप्रसाद सापकोटाले आह्वानमा गरेको सर्वदलीय बैठक सुरू भएको छ । सभामुख सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग संघीय संसद भवन नयाँबानेश्वरमा बैैठक आयोजना गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई र झलनाथ खनाल (भर्चुअल), जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन् ।