काठमाडौंमा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म १७४३ जनाको मृत्यु

3.7k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १२५ र भक्तपुरमा ९९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै काठमाडौं उपत्यकामा आज थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा हालसम्म एक हजार ७४३, ललितपुरमा ५०३ र भक्तपुरमा ३४९ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयले काठमाडौंमा हालसम्म एक लाख ९७ हजार ८३, ललितपुरमा ३५ हजार ६४८ र भक्तपुरमा २१ ह्जार २८१ जना सङ्क्रमित भएको उल्लेख गरेको छ ।