एमाले सुदूरपश्चिम: नेपाल समूहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

168
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलका नेता प्रकाशबहादुर शाहसहित माधव नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

एमालेका प्रदेश सचिव राजेन्द्र रावलले स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने जनाएका छन् । त्यस्तै, एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने ओली समूहका ७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । उनीहरुले बुधबार शाहलाई स्पष्टीकरण बुझाएका छन् ।