नागरिकको सेवामा कटिबद्ध हुनेछु : पूर्वमन्त्री आले

3.2k
Shares

विमल विष्ट, काठमाडौं ।

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफु नागरिकको सेवामा सदैव कटिबद्ध हुने बताउनुभएको छ । मन्त्रालयलले आज सिंहदरबामा गरेको बिदाई कार्यक्रममा उहाँले आफु मन्त्री नरहदाँ पनि नागरिक र देशको सेवामा सधै लागिरहने बताउनुभएको हो । आफ्नो पाँच महिने कार्यकालमा मन्त्रालयमा रहेर विभिन्न विकासका काम भएको स्मरण गर्दै नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने काम तत्काल गर्नसमेत कर्मचारीलाई आग्रह गर्नुभयो ।

साथै आलेले आफु मन्त्री भएका बखत कुनै पनि गलत कार्य नगरेको जिकिर गर्नुभयो । उहाँले आफुप्रति जहिले पनि पूर्वाग्रह राख्नेले कूप्रचार गर्ने अनेक प्रयास विफल भएको बताउनुभयो । पछिल्लो समय विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारसँगै कर्मचारी पनि लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयमा आफु मन्त्रीको हैसियतमा रहेका बेला आफुबाट भएका तितामिठा कुरा बिर्सेर नागरिकका पक्षमा र देश विकासमा दत्तचित्त भएर काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

कामगर्ने सिलसिलामा बिभिन्न तह र क्षेत्रबाट विभिन्न धाक धम्की तथा अस्वभाविक फाइदा लिने खालका कुरा आउने भएकाले ती कुराको पछि नलागी नागरिक र देशको विकासमा मात्रै केन्द्रित हुन उहाँले कर्मचारीलाई अनुरोध गर्नुभयो । सो अवसरमा आलेले आफुलाई विश्वास गरेर जनताको सेवा गर्ने मौका दिएकामा नेकपा(एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा मन्त्रालयका सचिव डा पेमनारायण कडेँल लगायतका कर्मचारीले निवर्तमान मन्त्री आलेसँग काम गर्दा निकै सौहार्दपूर्ण भएको बताउनुभयो । आलेलाई मन्त्रालय तथा विभागका कर्मचारीले मायाको चिनोसहित फुलमालाले बिदाई गरेका थिए ।