सर्वोच्चद्वारा मन्त्रिपरिषद पुनर्गठनको विषयमा सरकारसँग लिखित जवाफ माग

336
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठनको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालयलगाएत प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण माग गरेको हो ।

मन्त्रिपरिषद पुनर्गठनकाविरुद्धमा ६ वटा रिट दर्ता भएको थियो । कानून व्यवसायी संसद विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत भएको जनाउदै रिट दर्ता गराएका थिए । अन्तरिम आदेशका लागि सर्वोच्चले दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ ।