क्यान्सर अस्पतालमा फलफुल स्रोतकेन्द्र

350
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका वृहत्तर फलफुल स्रोतकेन्द्र स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

अस्पतालको फार्म २०४९ सालअघि नेपालकै ठूलो सरकारी बागवानी केन्द्रका रुपमा थियो । यसले कृषिका पुरानो फार्मको पुनः सदुपयोग हुने र पुनर्ताजगीको शुरुवात हुने भएको छ ।

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अस्पतालसँगको सहकार्यमा आगामी आर्थिक वर्षमा वृहत्तर फलफुल स्रोतकेन्द्र तथा नर्सरी विकासका लागि अस्पताललाई आवश्यक बजेटको व्यवस्था गर्ने सहमति भएको हो ।

कार्यक्रम कार्यान्वयनपछि उक्त फार्मको उत्पादन र उत्पादकत्व वृद्धि हुनुका साथै वार्षिकरुपमा न्यूनतम् तीन लाख वटा आँप, लिची, कटहर, एभोकाडोलगायतका बहुवर्षे फलफुलका गुणस्तरीय बेर्ना उत्पादन हुने र ती बेर्ना कृषकलाई सहुलियत दरमा उपलब्ध हुनेछ ।

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षरले अस्पतालपरिसरको करिब ५० बिघा क्षेत्रफलमा अवस्थित बागवानी फार्मको सुदृढीकरण र वैज्ञानिक व्यवस्थापन गरी केन्द्रका रुपमा विकास गर्ने उद्धेश्य लिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा स्रोतकेन्द्र स्थापनाका लागि भएको कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा, प्रदेशसभा सदस्य विजय सुबेदी, क्यान्सर अस्पताल बोर्ड अध्यक्ष डा. निर्मल लामिछाने, मन्त्रालय सचिव डा. मतिना जोशीवैद्य, अस्पताल कार्यकारी निर्देशक डा. देजकुमार गौतम र कृषि विकास निर्देशनालय प्रमुख रवीन्द्रबहादुर प्रधानलगायतको उपस्थिति थियो ।