नेपाल–खनाल समूहको जवाफ : ओलीको उद्धेश्य एकता होइन, जालझेल र विभाजित बनाउने दुराशय (पूर्णपाठ)

1.1k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेबाट निष्कासनमा परेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले एमाले अध्यक्ष केपी ओलीले एकताका लागि गरेको आह्वान जालझेल र विभाजित बनाउने दुराशयबाट प्रेरित प्रतिक्रिया दिएको छ ।

सो समहद्वारा सोमबार साँझ जारी सात बुँदे वक्तव्यमा लेलिएको छ , ‘पार्टी अध्यक्ष केपी ओलीबाट अगाडि सारिएका कुराहरू पार्टी एकतालाई अक्षुण्ण राख्न नवौँ महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्यअनुरूप छैनन् । उहाँको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरू केलाउँदा जालझेल, अन्योल र भ्रमणको आधारमा अरूलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ ।’

विज्ञप्ति हेर्नुहोस्