राउटे युवतीमाथि दुर्व्यवहार : राउटे बस्ती सिल, २२ जना प्रहरीको टोली परिचालन

41.8k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्तीमा बाहिरि मानिसको प्रवेशमा रोक लगाएको छ । बस्तीमा कसैलाई आउन नदिन २२ जना प्रहरीको टोली खटाइनुका साथै पूरै बस्ती सिल समेत गरिएको छ । हाल राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।

केही दिन अघि राउटे युवतीमाथि तीन जना युवाले यौन दुर्व्यवहारको भिडियो सार्वजनिक भएसँगै बस्ती सिल गरिएको हो । राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार भएको घटना संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पछिल्लो समय युट्युबर र टिकटकर भिडियो बनाउनकै लागि राउटे बस्तीमा पुग्ने गरेका थिए । तर, राउटे युवतीमाथि नै यौन र्दुव्यवहार भएपछि प्रहरीले समेत यसप्रति गम्भीर चासो देखाएको छ । त्यस्तै, सो घटनाको चौतर्फी विरोध हुनुका साथै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।