मन्त्रिपरिषद पुनर्गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

224
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दर्ता गराएका हुन् ।

रिटमा प्रधानमन्त्रीको सोे कार्य संविधान विपरीत भएका दावी गर्दै मन्त्रिपरिषद विस्तार बदर गर्न माग गरिएको छ । प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली संसद सदस्य नरहेकाले हालको सरकार कामचलाउ भएको जनाउँदै यस्तो परिस्थितिमा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न नमिल्ने रिट निवेदकले बताएका छन् ।