नेकपा खारेजीबारे ओलीको अभिव्यक्ति झुटो, भ्रामक र षड्यन्त्रपूर्ण : प्रचण्ड

798
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा खारेजीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति झुटो, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताएका छन् ।

सोमबार ट्वीटमार्फत प्रचण्डले आफ्नो कारण नेकपा एकताको प्रयास असफल भएको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति घोर निन्दा र भर्त्सना गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ’ उनले लेखेका छन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले आइतबार प्रचण्डकै कारण नेकपा खारेज भएको बताउँदै माधव नेपाल समूहलाई एकताका लागि आह्वान गरेका थिए ।