विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

98
Shares

न्युज अफ नेपाल, कास्की ।

विश्व वातावरण दिवसको अवसरमा बाबा फ़ाउण्डेशन नेपालद्वारा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । फ़ाउण्डेशनले शनिवार निर्माण सम्पन्न हुदै गरेको ज़िल्ला ट्राफिक कार्यालय कास्कीको हाता भित्र विभिन्न प्रजातिका २४ वटा फलफ़ुलका बोट रोपी विश्व वातावरण दिवस सम्पन्न गरेको छ। जस मध्ये लिची, अम्बा, जामुन, मेकाडिया नट, कागती, एवोकाडो, मेंगोस्ट्रिंग, अमला, गोल्डेन धुपी, मयूर पंखी धुपी लगाएत बोटहरू रहेका फ़ाउण्डेशनका सचिव टंक अधिकारीले जानकारी दिनुभयो ।

फ़ाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले ज़िल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख अमृत बहादुर बस्नेतलाई विरुवा हस्तान्तरण गरी कार्यक्रम उद्घघाटन गरिएको थियो । कार्यक्रममा फ़ाउण्डेशनका अध्यक्ष श्रेष्ठले बाबा फ़ाउण्डेशनले प्रत्येक बर्षको जुन ५ का दिन विश्व वातावरण दिवस विभिन्न कार्यक्रमका साथ मनाउदै आएकोमा गत बर्ष र यस बर्ष देशमा जारी लकडाउनका कारण विश्व वातावरण दिवस मनाउन नपाएकोमा दुःख मनाउ गर्नु भएको थियो ।

फ़ाउण्डेशनका सचिव अधिकारीले यस बर्षको विश्व वातावरण दिबसको नारा ‘इकोसिस्टम पुनःस्थापन’ भन्ने रहेको जानकारी गराउदै वातावरण दिबसमा यसको सान्दर्भिकता र महत्वको बारेमा चर्चा गर्ने कार्यक्रम रहेको तर, लकडाउनका कारण गर्न नसकिएको बताउनु भयो ।

सो कार्यक्रममा ज़िल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख अमृतबहादुर बस्नेतले मावन जीवनसंग जोडिएको वातावरण जोगाउन फ़ाउण्डेशनले गरेको प्रयास अतुलनिय रहेको बताउनु भयो । उहाँले फ़ाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठको अगुवाईमा ज़िल्ला ट्राफिक कार्यालय निर्माण भएको र सोहि हाताभित्र विश्व वातावरण दिवसका दिन वृक्षारोपण गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।