माधव पक्षका ११ विद्यार्थी नेता बानेश्वरबाट पक्राउ

4.3k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेबाट निष्कासित नेता माधव नेपाल समहूका ११ जना विद्यार्थी नेता पक्राउ परेका छन् । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका उनीहरुलाई बानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका सबै ११ जनालाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।

उनीहरूलाई प्रहरीले कुटपीटसमेत गरेको थियो। अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहित महतोको अभिव्यक्तिमाथि विरोध गर्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। महतोले मन्त्रीको शपथग्रहणलगत्तै‌ नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन चलाइरहेको बताएका थिए । उक्त अभिव्यक्तिविरुद्ध नेकपाकै नेताहरूले विरोध जनाइरहेका छन्।