डोटीमा रगत सङ्कलन अभियान सुरु



विमल विष्ट, डोटी ।

बिरामीका लागि जिल्लामा पटक पटक रगत अभाव हुँन थालेपछि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लामा रगत सङ्कल गर्ने अभियान थालिएको छ । जिल्लामा बल्ड बैंक नभएका कारण सुत्केरी हुँदा होस वा कोही मानिस बिरामी पर्दा होस रगत दिनहुँ आवश्यक पर्न थालेपछि नेपाली काग्रेसले रगत सङ्कल अभियान सुरुवात गरेको हो ।

रगतको आवश्यकता पर्दा नेना, प्रहरी तथा स्थानीयवासीको भर पर्नु पर्ने अवस्था सृजना भएपछि कांग्रेसको निर्वाचन क्षेत्र नं. ‘क’ डोटीको समूहले रगत सङ्कल अभियानको सुरुवात गरेको नगर सभापति विजय खड्काले जानकारी दिनुभयो । शुक्रबारबाट सुरु गरिएको उक्त अभियानमा अहिले सम्म १२ जना नागरिकले निःशुल्क रुपमा रगत दान गरीसकेको नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले जनाएको छ ।

जिल्लामा रगत अभाव हुँन नदिन तथा आवश्यक परेका बेलामा रगत दान गर्ने उदेश्यले उक्त अभियानको सुरुवात गरेको काग्रेस पार्टी सभापति प्रदिव कुमार देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा रगत नहुँदा बिरामीलाई निकै सास्ति हुँन थाल्यो, रगत अभाव हुँन नदिन तथा चाहिको बेलामा रगत दान गर्ने व्यक्ति खोज्नु पर्ने झन्झटको अन्तका लागि यो अभियान सुरु गरेका छाँै, बिरामीलाई सहयोग हुने छ ।” उक्त अभियान जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट सुरु गरिएको र आगमी दिनमा जिल्ला व्यापी बनाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्