लायन्सको अन्तर्राष्ट्रिय निर्देशकमा बुर्लाकोटी

826
Shares

टंकराज अधिकारी, कास्की ।

लायन्स मल्टीपल डिस्ट्रिक्ट ३२५ नेपालबाट बालकृष्ण बुर्लाकोटीले अन्तर्राष्ट्रिय निर्देशक पदमा जानको लागि समर्थन पाएका छन् । डिष्ट्रिक्ट ३२५ बी१ का बुर्लाकोटीसँग डिष्ट्रिक्ट ३२५ ए१ का खगेन्द्र सिटौला प्रतिष्पर्धामा उत्रिएका थिए । चारवटै डिष्ट्रिक्टमा कुल २ हज़ार ९ सय ८२ मतदाता रहेकोमा २ हज़ार ८ सय ३४ मत खसेको थियो ।

अनलाईन भोटिङ मार्फत् सम्पन्न चुनावी प्रतिस्पर्धामा बुर्लाकोटीले १ हजार ६ सय ४४ मत प्राप्त गरेका थिए भने सिटौलाले १ हजार १ सय ९० मत पाएको निर्वाचिन समितिका संयोजक डिके ढुगांनाले जानकारी दिनु भयो । उहाँ सन २०२३ मा अमेरीकामा हुने सम्मेलनबाट अन्तरराष्ट्रिय निर्देशक हुनुहुनेछ ।

भर्चुअल कन्भेन्सनले अनलाईन भोटिङबाट मुख्यतया दुईवटा महत्वपूर्ण बुँदामा पनि निर्वाचन गरेको थियो । उहाँका अनुसार लायन्सको रि-डिष्ट्रिक्टीङको लागि कुल खसेको मत मध्ये २ हज़ार ७ सय ५८ र लायन्सको बिधान संशोधनको लागि २ हज़ार ७ सय ९७ खसेको थियो।