लायन्सको मल्टिपल काउन्सिल चेयरपर्सनमा: रोका

आईडि इण्डोर्सीको लागि बुर्लाकोटी र सिटौला भिड़दै

13.4k
Shares

टंकराज अधिकारी, कास्की ।

लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको मल्टिपल कन्भेन्सन आज देख़ि सुरु भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न कन्भेन्सनले मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको मल्टिपल काउन्सिल चेयरपर्सनमा मनबहादुर रोका निर्वाचित गरेको छ ।

डिष्ट्रिक्ट ३२५ बि १ नेपालका हालका डिस्ट्रिक्ट गभर्नर रोका लायन वर्ष २०२१र२२ को लागि काउन्सिल चेयरपर्सनमा निर्विरोध निर्वाचित भएका हुन्। मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको भाइस काउन्सिल चेयरपर्सनमा डिस्ट्रिक्ट ३२५ ए२ का इलेक्ट डिस्ट्रिक्ट गभर्नर केशव पाण्डे, काउन्सिल सेक्रेटरीमा डिस्ट्रिक्ट ३२५ ए वानका इलेक्ट डिस्ट्रिक्ट गभर्नर रेवत कार्की, काउन्सिल ट्रेजररमा डिस्ट्रिक्ट ३२५ बिटु का इलेक्ट डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्ट र काउन्सिल जोइन्ट सेक्रेटरीमा डिस्ट्रिक्ट ३२५ बि वानका इलेक्ट डिस्ट्रिक्ट गभर्नर विशेश्वर आचार्य चयन भएका छन्।

सुक्रवार र शनिवार दुई दिन सम्म चल्ने कन्भेन्सनले नेपालबाट लायन्स अन्तरराष्ट्रिय निर्देशकमा नेतृत्वमा जानको लागि चयन गर्ने छ । हाल सो पदको लागि पूर्व मल्टिपल काउन्सिल चेयरपर्सनद्वय बालकृष्ण बुर्लाकोटी र खगेन्द्र सिटौलाले उम्मेदवारी दिएका छन् ।

बुर्लाकोटी सन् २००८र२००९ मा लायन्स क्लब काठमाडौं गोङ्गबुका संस्थापक अध्यक्ष रुपमा लायन्स क्लबमा प्रवेश गरेका हुन । उनि सन् २०१६र१७ का लागि डिष्ट्रिक्ट ३२५ बी१ नेपालका डिष्ट्रिक्ट गभर्नर र २०१७र१८ मा मल्टिपल काउन्सिल चेयरपर्सन भएका थिए।

सिटौला सन् १९९७ मा लायन्स क्लब दिङला भोजपुरको संस्थापक सदस्यको रुपमा लायन्स प्रवेश गरेका उनि २००२र०३को क्लब अध्यक्ष, २००६र०७ मा ३२५ ए का डिष्ट्रिक्ट गभर्नर र २०१२र१३ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको मल्टिपल काउन्सिल चेयरपर्सन भएर काम गरेका थिए ।

नेपालमा ३२५ ए१, ए२, बी१ र बि२ गरी चार वटा डिष्ट्रिक्ट रहेका छन् । चारवटै डिष्ट्रिक्टमा कुल २ हज़ार ९ सय ६८ मतदाता रहेका छन । जस मध्ये ३२५ ए१ मा ६०१, ए२ मा ४४९, बी१ मा १,१६८ र बी२ मा ७५० मतभार संख्या रहेको छ ।

बुर्लाकोटीले प्रतिनिधित्व गरेको डिष्ट्रिक्ट ३२५ बी १ मा १ हजार १ सय ६८ र सिटौलाले प्रतिनिधित्व गर्ने डिष्ट्रिक्ट ३२५ ए१ बाट ६ सय १ जनाको मतभार रहेको छ । डिस्ट्रिक्टको मतभार संख्या हेर्दा बुर्लाकोटी सिटौलाका लागि भारी हुने जानकार बताउछन ।

नेपालबाट अन्तरराष्ट्रिय डाइरेक्टरमा सञ्जय खेतानले यस अघि नै नेतृत्व लिई सकेका छन । उनि अहिले लायन्सको अन्तर्राष्ट्रिय अध्यक्षको रेसमा रहेका छन ।

सिटौला हाल सम्म ३२५ ए१ बाट ४ पटक अन्तर्राष्ट्रिय डाइरेक्टर इण्डोर्सी भएका छन् भने बुर्लाकोटी पहिलो पटक इण्डोर्सी हुदैछन ।लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका मल्टीपल काउन्सिल चेयरपर्सन राजन खत्रीको अध्यक्षता र पूर्व अन्तरराष्ट्रिय डाइरेक्टर सञ्जय खेतानको प्रमुख आतिथ्यतामा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल कन्भेन्सनले अनलाईन भोटिंगबाट मुख्यतया दुइवटा महत्वपूर्ण निर्णय गर्ने मल्टीपल काउन्सिल चेयरपर्सन राजन खत्रीले बताए । उनका अनुसार लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर चयन र रि-डिष्ट्रिक्टीङ रहेका छन ।