कोरोना संक्रमितलाई सघाउँदै स्पेनका नेपाली

210
Shares

विजय शर्मा दर्पण, बार्सिलोना ।

नेपालमा कोरोनाको दोस्रो लहरविरुद्ध लडिरहेका व्यक्तिलाई जनप्रगतिशील मञ्च स्पेनले एक लाख रुपियाँ सहयोग गरेको छ ।
मञ्चका अध्यक्ष अर्जुन आचार्यले सो रकम नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सञ्चालन गर्न लागेको अक्सिजन प्लान्ट निर्माण अभियानमा लगाइने छ । प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईंमार्फत सो रकम पार्टी कार्यालयमा पठाएको बताइएको छ ।

नेपालमा बढ्दो कोभिडको प्रभावसँगै विदेशबाट सहयोग गर्ने क्रम पनि बढेको छ जानकारी गराउँदै आचार्यले भन्नुभयो, ‘व्यक्ति तथा सामाजिक संघ–संस्थाहरु ज–जसले सहयोगको निमित्त आह्वान गरे ती सबैले कहाँ, कति र कसरी संकलन तथा खर्च गरियो भन्ने जानकारी गराए दोहोरो काम नहुने र नेपालमा सहयोग अझ प्रभावकारी हुने सोचेरहामी सबै सहयोगीहरुको अन्तिम नामावली प्रकाशित गर्नेछौं ।’

त्यस्तै, मञ्चले गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् स्पेनको पहलमा उठाउन लागिएको आर्थिक संकलनको लागि पनि दुई सय एक युरो सहयोग गरेको छ ।