बोहोराद्वारा पत्रकार महासंघ बझाङलाई खाद्यान्न सहयोग

700
Shares

ललित सिंह, बझाङ ।

जिल्लाकै दुर्गम मानिने साईपाल गाउँपालिका वडानं ४ धुली घर भएका नेपाली काँग्रेस जिल्ला कार्यसमितिका आमन्त्रीत सदस्य राम बहादुर बोहोराले कोरोना माहामारीलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ बझाङ शाखालाई राहात स्वरुप खाध्यान्न सहयोग गरेका छन । राष्ट्रिय स्तरमा समाचार प्रकाशन गर्दै आएको नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा ,कोठा भडामा बस्दै आएका पत्रकारलाई खाद्यान्न समस्या शिर्षकको समाचार प्रकाशन भए पछि काँग्रेस सदस्य बोहराले सहयोग गरेका हुन् ।

कोरोना महामारीको बेला

अग्रपङ्तिमा खटिएर आफ्ना समस्या लाई दवाएर राखि जनतालाई सुचना प्रवाह गरेको भन्दै बोहोराले पत्रकारहरुलाई खाध्यान्न सहयोग गरेको बताएका छन । निषेधाज्ञामा परि समस्यामा परेका १४ जना पत्रकारलाई छनोट गरी महासंघले, बोहोराले सहयोग गरेको खाध्यान्न सामाग्री प्रर्ति व्यक्ति १२ केजीका दरले चामल विहिबार वितरण समेत गरेको छ ।

विभिन्न मिडियाहाउसमा आवद्ध रहेका पत्रकार तथा संचारकर्मीहरुलाई आफ्नो मिडियाहाउसमा कार्यरत पत्रकारलाई आफैले व्यवस्था गर्ने प्रावधान रहेको भएपनि कुनैपनि मिडियाहाउसले आफ्नो मिडियाहाउसमा कार्यरत पत्रकार तथा संचारकर्मीलाई राहातमा व्यवास्ता गरेका कारण पत्रकार महासंघका सचिव ललितबहादुर सिंहले समन्वय गर्नुपर्ने बाध्यता आएको बताए ।

साथै अघिल्लो हप्ता पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष शैलेन्द्र रोकाया , सचिव ललित बहादुर सिंह र जिल्ला कार्यसमितिको समन्वयमा मिडियाहाउसमै गएर पत्रकार तथा संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री समेत वितरण गरेको थियो ।

आगामी दिनमा पनि यस्तै समस्यामा परेका पत्रकारहरू मात्र नभई अन्य सर्वसाधारण ब्यक्तिहरूको समस्या लाई मध्येनजर गरि विभिन्न सरोकारवाला निकायसंग सकारात्मक समन्वय गरि विभिन्न खाले समस्याहरूको समाधान गर्नु पर्ने महासंघका सचिव सिंहले सबैलाई आग्रह गरेका छन् ।