पर्सामा निषेधाज्ञाकै धज्जी उडाउँदै रानीतिक दल

658
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

कोरोना संक्रमणका कारण वीरगन्ज मात्रै नभइ सबै पर्सा जिल्ला नै अहिले आक्रान्त छ । कोरोना नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले जिल्लाभर निषेधज्ञा लगाएको पनि छ यो बढाएर जेठ ३० गतेसम्म पुर्याएको पनि छ तर यही कोरोनाको कालमा भएपनि सत्तारुढ दल नेकपा एमालेका केही नेता नेताले निषेधाज्ञाको उल्लंघन गर्दै चुनावी प्रचारमा लागेको आरोप छ भने मधेशवादी दल पनि सरकारको बिरोधको नाउमा सडकमा प्रदर्शन गरेको आरोप खेप्न बाध्य छ । सत्तारुढ एमालेका नेता राजकुमार गुप्ताले जिल्लाको ग्रामीण भेगमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै हिडेपनि प्रहरी प्रशासन मुक दर्शक बनेको भन्दै जिल्लामा आलोचना भइरहेको छ ।

निषेधाज्ञा अवधीमा औषधी उपचार र अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन समेत प्रतिबन्ध लगाइएको छ । तर, नेकपा एमालेका नेता एंव संविधानसभा सदस्य राज कुमार गुप्ताले निषेधाज्ञाको उल्लंघन गरेर विगत चार दिन यता, आफनो निर्वाचन क्षेत्रमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै आएको र स्थानीय प्रशासन मुक दर्शक बनेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ । एमाले नेता गुप्ताले अस्ति जेठ १७ गते पोखरीया, औरही, सन्ठी, बहुअर्वामा कार्यकर्ता भेला गर्नु भएको थियो ।

यस्तै मंगलबार पनि नेता गुप्ताले पोखरीया नगरपालिका ९ शीवबर्वामा कार्यकर्ता भेलाका साथै पार्टी प्रवेश कार्यक्रम गर्नु भएको थियो । नेता गुप्ताले निषेधाज्ञामा भिडभाड गरि चुनावको प्रचार गर्दै राजनीतिक कार्यक्रम गरेको तस्वीर र समाचार विभिन्न अनलाइन मिडिया र सामाजिक सन्जालमा भाइरल भएपछि त्यसको आलोचना भइरहेको छ । निषेधाज्ञामा औषधी किन्न आउने व्याक्तिलाइ समेत रोकेर कुटपिट र दुर्वव्यहार गर्ने प्रहरीले चुनावको प्रचारका लागि गाँउ गाँउमा कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै हिडेका सत्तारुढ दलका नेतालाइ केहि नभन्नुले आश्चर्य लागेको नेविसंघका नेता विकास तिवारीले बताउनुभएको छ ।

तिवारी सहित जिल्लाका राजनीतिक दल तथा पत्रकार एवम् बौद्धिक समाजले यसको आलोचना गरेका छन् । यसरी नै सकारको बिरोधको नाउमा जसपा पर्साको उपेन्द्र यादव पक्षले पुत्ला दहन गरेको फोटो सार्वजनिक गरेपछि उसको पनि चर्को आलोचना भएको छ । राष्ट्रपति र प्रधानमंत्रीको पुत्ला दहनको फोटो सो पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले सार्वजनिक गरेपछि त्यसको चर्को आलोचना भएको हो । एमाले नेता गुप्ताले निषेधाज्ञा उल्लघंन गरेर गाँउमा भिडभाड गरि गरेको कार्यक्रमको तस्वीर सामाजिक सन्जालमा पोष्ट गर्दै तिवारीले निषेधाज्ञामा नेतालाइ चुनावी कार्यक्रम गर्न सरकारले के छुट दिएको हो ? के नियम कानुन सर्वसाधरण जनतालाइ मात्र लाग्ने हो ?

भनेर प्रश्न पनि गर्नुभएको छ । यद्यपी एमाले नेता एंव पूर्व सांसद गुप्ताले भने आफू पोखरियाको सिवर्बामा रहेका स्थानीय मनोज कुर्मीको स्वास्थ्य अवस्था बुझ्नका लागि गएको र त्यही स्थानमा एक जनाले आएर टीका लगाइदिनु भनेपछि आफूले टीका मात्रै लगाइदिएको दाबी गर्नुभएको छ ।

उहाँले आफूले कुनै चुनावी कार्यक्रम नगरेको र यो बेला ज्यान जोगाउनु नै ठूलो कुरा भएकोले अहिले कार्यक्रम गर्ने अवस्था नभएको र आफूले कुनै कार्यक्रम आयोजना नगरेको जिकिर गर्नुभएको छ । यस्तै जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले सरकारको गलत कदमका बिरुद्ध प्रदर्शन गर्नु परेको दाबी गर्नुभयो । संबिधान मिच्ने काम राष्ट्रपति र प्रधानमंत्रीबाट भएकाले बाध्यताले आफूहरुले कोरोना कालमा प्रदर्शन गर्नुपरेको बताउनुभयो । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने निषेधाज्ञा अवधीमा कुनैपनि भेला , सम्मेलन र कार्यक्रम गर्न नपाइने बताउनुभयो ।