भारतमा पनि बालबालिकामा कोरोनाविरुद्धको खोप परिक्षण शुरु


न्युज अफ नेपाल, काठमाडौं ।

विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएको साढे दुईबर्ष बित्यो । यो अवधिमा पहिलो चरणमा १८ बर्ष माथिका नागरिककामा परिक्षण गरि कोरोना बिरुद्धको खोप आविस्कार गरेका केही मुलुकहरुले धमाधम १२ बर्ष माथिका बालबालिकामा खोप परिक्षण शुरु गरेसँगै छिमेकी मुलुक भारतले पनि कोरोनाविरुद्धको खोप बालबालिकामा परीक्षण गर्न सुरु गरेको छ ।

भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोप बालबालिकामा परीक्षण सुरु गरेको हो । यो खोपलाई भारतको औषधि नियन्त्रण विभागले एक महिना अघि अर्थात् मे ११, २०२१ मा बालबालिकामा क्लिनिकल ट्रायलको अनुमति दिएको हो ।

भारतको नीति आयोगका स्वास्थ्य सदस्य विके पलले भारतीय औषधि नियन्त्रण विभागले २ देखि १८ वर्ष उमेरका बालबालिकामा यो खोप दोस्रो र तेस्रो क्लिनिकल परीक्षणका लागि अनुमति दिइसकेको बताउनुभएको छ ।

भारतले सन् २०२१ जनवरी १६ देखि विश्वकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको छ । हालसम्म सबै स्वास्थ्यकर्मीले खोप प्राप्त गरिसकेका छन् भने फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मी लगायतलाई पनि खोप प्रदान गरिसकिएको छ । भारतमा झण्डै २२ करोडले खोप लगाईसकेका छन् ।