रसुवामा थप १० दिन लम्बियो निषेधाज्ञा

434
Shares

सरस्वती न्यौपाने, रसुवा ।

जिल्लामा कोभिड बढ्दै गएपछि थप १० दिनका लागि निषेधाज्ञा लाई निरन्तरता दिईएको छ । जिल्लास्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) को विहिवार बसेको बैठकले पुन १० दिन निषेधाज्ञा थपेको हो ।

जेठ ३ गते बाट जेठ १३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारि गर्दै १३ देखि २० गते सम्म राति १२ वजे सम्म निरन्तरता दिईएता पनि कोभिड वढदै गएकाले थप १० दिन जेठ ३१ गते राति १२ वजे सम्म का लागि जेठ २० गते को निर्णय ले थप निषेधाज्ञा जारि गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताउनुभयो ।

यसअघि कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गएको बैशाख २७ गते राती १२ बजेदेखि आज (सोमबार) राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञाको समयमा खाद्य वस्तु तथा पशुपंछीका दाना, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुग्ध डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामाग्री लगायतका अत्यावश्यक पसल व्यवसाय बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न दिइएको छ । औषधी एवम स्वास्थ्य सामाग्रीका पसलहरु भने २४ सै घण्टा खुल्ला रहेका छन् ।

निषेधाज्ञाको उलङ्घन गर्ने, आदेश पालना गर्ने कार्यमा अवरोध गर्ने, औषधि, औषधिजन्य सामाग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपुर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा सहज आपुर्तिमा अवरोध गर्ने गराउने कार्य गरेमा स्थानिय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने समेत जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।