‘जुन देशमा जे छ, त्यही बेच्ने हो, हाम्रोमा चुरे छ’ : सूर्य थापा



न्युज अफ नेपाल, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चुरे दोहनको सरकारी नीति सहि भएको दावी गरेका छन् । बिहिबार सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले जुन देशमा जे छ त्यही निर्यात गर्नु पर्ने जनाएका छन् ।

त्यस्तै, उनले चुरे क्षेत्रको संरक्षण गर्न ल्याइएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित रहेको समेत आरोप लगाएका छन् । चुरे दोहनको सरकारी नीति लागू गर्नै पर्ने जनाउँदै उनले लेखेका छन्,’चुरे क्षेत्रकाे संरक्षण गर्न ल्याइएकाे कार्यक्रमलाई चुरेकाे दाेहन र तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूकाे रवैया नियाेजित छ। इन्धन भएका देशले डिजेल,पेट्रोल बेचिरहेका छन्,पानी,ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिन्छ। पहाडी क्षेत्रमा याे संभव छ र गर्नु नै पर्छ।’

प्रतिक्रिया दिनुहोस्