९७ वर्षको उमेरमा डिग्री हासिल


न्युयोर्क, एजेन्सी ।

अमेरिकाको इलिनोइस निवासी एक पुरुषले ९७ वर्षको उमेरमा विश्वविद्यालयको पढाइ पूरा गरेर डिग्री हासिल गरेका छन् । कलेज पढ्दै गर्दा अचानक दोश्रो विश्वयुद्धमा भाग लिनुपर्ने अवस्था आएपछि ८० वर्षअघि पढाइ छाडेका बिल गोस्सेटले हालै मात्र डिग्री प्राप्त गरेका हुन् । त्यतिबेला लिंकन कलेजमा केही समय अध्ययन गरेपछि उनी युनिभर्सिटी अफ इलिनोइस अर्वान–च्याम्पियनमा स्थानान्तरण भएका थिए । तर, एक्कासि अमेरिकी आर्मी एयर कोप्र्समा भर्ना हुनुपरेकाले उनी पढाइ छाड्न बाध्य भएका थिए ।

विश्वयुद्धको समाप्तिपछि स्वदेश फर्केर उनले पढाइलाई निरन्तरता दिनुको सट्टा पारिवारिक व्यापार व्यवसाय गोस्सेट्स क्लिनर्समा व्यस्त रहन थाले । उनले पत्रकारहरूलाई भनेका छन्– ‘सधं म पढाइलाई लिएर अपूर्ण र शून्य महसुस गर्ने गर्दथें । तर, म व्यापार सिक्नमै व्यस्त थिएँ । समय त्यस्तै बित्दै गयो । अहिले आएर बल्ल मैले मेरो डिग्री पूरा गर्ने निर्णय गरें । यो आत्मपरक लक्ष्य थियो ।लिंकन कलेजका अध्यक्ष डेविड गेर्लाकले भनेका छन्– ‘सन् २०१९ मा कलेजमा आएर उनले पढाइ पूरा गर्ने मनसाय व्यक्त गरेका थिए । रजिस्ट्रारको कार्यालयमा सम्पर्क राखेपछि हामीले उनलाई पढाइ दोहो-याउने विद्यार्थीको रूपमा भर्ना गर्ने निर्णय ग¥यौं । ८० वर्ष लामो अन्तरालपछि उनको पढाइ पुनः थाल्ने इच्छा देखर नै हामी निकै प्रोत्साहित भएका थियौं ।

गोस्सेटले सन् २०२० मै एसोसियट अफ आर्टस डिग्री पूरा गरेका थिए । तर, कोभिड महामारीका कारण उनले दीक्षान्त समारोहका लागि २०२१ सम्म प्रतीक्षा गर्नुपरेको थियो । गेर्लाकले उक्त समारोहमा मानार्थ ‘डक्टरेट अफ ह्युमन लेटर्स’ उपाधि प्रदान गरेर गेर्लाकलाई सुखद आश्चर्यको अनूभूति गराएका थिए ।