संकटमा प्रारम्भको सहयोग प्रशसनीय

2.82k
Shares

न्यूज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमण बढेसँगै अक्सिजनको अभावमा हरेक दिन बिरामीको मृत्युका खबर आईरहेका बेला प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ्ग डोल्मा फाउन्डेशनद्वारा बनेपा नगरपालिका र पनौती नगरपालिकालाइ २/२ थान अक्सिजन कन्सनट्रेटर, २०/२० थान पीपीइ र ५/५ थान अक्सोमिटर उपलब्ध गराएको छ ।

सु–प्रसिद्द गायिका एवं समाजसेवी आनी छोइङ्ग डोल्मा र सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रि, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना सहितको टोलीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

बनेपाका प्रमुख कार्यकारी अधिकृत कविराज उप्रेती तथा पनौतीका प्रमुख कार्यकारी अधिकृत इन्द्र प्रसाद अधिकारीलाइ उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष इश्वरी ओझा समेत सहभागी हुनुहुन्थ्यो ।

नेपाल पत्रकार महासंघ काभ्रेको समन्वयमा काभ्रेका स्थानीय तहले संचालन गरिरहेका आइसोलेसन केन्द्र एवं अस्पतालहरुमा यी संस्थाले सहयोग गरिरहेको महासंघका अध्यक्ष तिमल्सिनाले बताउँनुभयो ।

अध्यक्ष तिमल्सिनाका अनुसा यस अघी काभ्रेको धुलिखेल र पाँचखाललाइ प्रारम्भ र आनी छोइङ्ग डोल्मा फाउन्डेशनले सहयोग गरिसकेको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जु र पाँचखाल नगरपालिका प्रमुख महेश खरेललाई उक्त सामाग्री हस्तान्तरण गरेका थियौ ।

प्रारम्भका अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि क्षेत्रिका अनुसार काभ्रेका अन्य आइसोलेसन तथा अस्पताललाइ समेत सहयोग गर्ने योजना रहको छ ।

विपत्ति र महामारीमा जनस्वास्थ्य र जनताको जिउज्यानसंग प्रत्यक्ष सरोकार राख्ने यस्तो बिकराल अवस्थामा सामाजिक उत्तरदायित्व बहन गर्ने जिम्मेवारी सम्झेर सेवा गर्न आफुहरु फिल्डमा आएको गायिका आनी छोइङ्ग डोल्माले बताउनुभयो ।