प्युठानमा दुई छोराछोरीसँगै आमा रुखमा झुण्डिएको अवस्थामा फेला


न्युज अफ नेपाल काठमाडौं ।

प्युठानमा एकै परिवारका तीन सदस्य रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार रातामाटाको जंगलमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका इन्सपेक्टर देवीप्रसाद गैरेका अनुसार उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । ‘घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान कार्य भइरहेको छ,’ उनले भने । प्रहरीका अनुसार उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी स्थानीयले दिएका छन् ।

तस्वीर: सामाजिक सञ्जाल