निषेधाज्ञाको उल्लंघन गरी सवारी चलाउनेलाई कारबाही


न्युज अफ नेपाल काठमाडौं ।

बर्दिया जिल्ला मातहतका प्रहरी कार्यालयहरूले नियमित ड्युटी चेकजाँचको क्रममा निषेधाज्ञाको अवधिमा वाहिरी जिल्लाहरूबाट बर्दिया जिल्लामा बिना अनुमति यात्रु ओसारपसार गर्ने ना ६ ख ६४८२ नम्बरको यात्रुवाहक बस र बिना अनुमती रक्सीको बिर्को ३८ बोरा ओसारपसार गरिरहेको ना २ ख ९३६० नम्बरको ट्रकलाई प्रहरीले यिन्त्रणमा लिएको छ ।

उनीहरुले उक्त सवारी साधन चलाइरहेको अवस्थामा ९ वटा गाडी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरिएकोमा उक्त सवारी साधनका चालकहरुलाई “कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८” अनुसार प्रती सवारी साधन रू। ५०००र९ जरिवाना गरेको प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।