सुदूरपश्‍चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय


न्युज अफ नेपाल काठमाडौं ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको छ। आज भएको संसदीय दलको बैठकले तत्‍काललाई सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको एमाले सांसद अमर साउँदले जानकारी दिए ।

बैठकमा कोरोना महामारीसँग जुझ्न सरकारलाई सघाउने निर्णय पनि गरेको छ। बुधबार बसेको बैठकमा २१ जना सासंद सहभागी थिए।
प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ। प्रदेश सभामा कांग्रेसका १२ र माओवादी केन्द्रका १३ सांसद छन् । एमालेका तीन जना मन्त्रीलाई सरकारबाट राजीनामा दिन २४ घण्टे निर्देशन जारी भएको थियो ।