एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी


न्युज अफ नेपाल काठमाडौं ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सुरू भएको छ। बुधबार बिहान साढे ८ बजे बोलाइएको बैठक एक घन्टा ढिला सुरू भएको एमाले सुदूरपश्चिमका सचेतक तारा लामा तामाङले बताए। बैठकमा २० जना सासंद उपस्थित भएका छन्। संसदीय दलका नेता प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बैठक आह्वान गरेका हुन्।

सोमबार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय केन्द्रले गरेपछि दलको बैठक बसेको छ। बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरिसकेको भए पनि प्रदेशमा एमालेका बहुमत सांसद माधव नेपाल पक्षका छन्। उनीहरूले माओवादी केन्द्रकै वर्तमान सरकारलाई समर्थन गर्न सक्ने सम्भावना छ। एमाले सुदूरपश्चिम कमिटीले भने सरकारबाट फिर्ता नआउने मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएको छ।