उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय, खाद्यान्न र तरकारी पसल पनि खोल्न नपाइने

3.1k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय भएको छ । उपत्यकामा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बसेको मंगलबार बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको अवधि थप्दै एक साता कडाइका साथ लागू गर्ने पनि निर्णय भएको छ ।

यसअघि बिहान खोलिँदै आएका खाद्यान्न पसल तथा तरकारी पसल समेत एक साता पूर्ण ठप्प गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसअघि थपिएको निषेधाज्ञाको अवधि शुक्रबार सकिँदैछ । बैठकले आगामी दुई दिन सबैलाई खाद्यान्नको जोहो गरिसक्न पनि निर्देशन दिएको छ ।