स्वास्थ्य उपकरण खरिदका लागि विभिन्न अस्पताललाई २ अर्ब ९३ करोड ८० लाख विनियोजन

14
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि उपकरण खरिदका लागि विभिन्न अस्पताललाई २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउँनुभयो ।

डा.गौतमले दिनुभएको जानकारी अनुसार तत्कालका लागि ३ सय ६० आइसियु बेड, १ सय ८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र २६ अक्सिजन टंयाक थप गरिने छ ।

सरकारले विनियोजन गरेको बजेट बाडफाड तल उल्लिखत अस्पतालहरुलाई यसप्रकार रहेको छ :

१.कोसी अस्पताल – ६ करोड ८० लाख
२. विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – १८ करोड ८० लाख,
३. गजेन्द्र नारायण सिह अस्पताल– ३ करोड ८०
४.नारायणी अस्पताल – ९ करोड ८० लाख
५. भरतपुर अस्पतालमा – ९ करोड ८०
६. प्रसुति गृह – ६ करोड ८० लाख
७. धुलिखेल अस्पताल – ६ करोड ८० लाख
८.विर अस्पताल– ३० करोड ८० लाख
९.शहीद गंगालाल अस्पताल – ८० लाख
१०.राष्ट्रिय ट्रमा सेन्टर – ९ करोड
११. मनमोहन काडियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर – ८० लाख
१२. नेपाल प्रहरी अस्पताल – ९ करोड ८० लाख
१३. सशस्त्र प्रहरी अस्पताल – ९ करोड ८० लाख
१४. शुक्रराज ट्रपिकल अस्पताल – ३ करोड
१५. विरेन्द्र अस्पताल ( छाउनी) – ९ करोड
१६. निजामति कर्मचारी अस्पताल – ६ करोड ८० लाख
१७. कान्ति बाल अस्पताल – ६ करोड ८० लाख
१८. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान – १२ करोड ८० लाख
१९. त्रिवि शिक्षण अस्पताल – १२ करोड
२०. भरतपुर अस्पताल (चितवन) – ८० लाख
२१. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – ९ करोड ८० लाख
२२. जिपि कोइराला श्वासप्रश्वास अस्पताल – ९ करोड
२३. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान – ९ करोड
२४. भेरी अस्पताल – १५ करोड
२५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – ८० लाख
२६. डडेलधुरा अस्पताल – ६ करोड ८० लाख
२७. मेची अस्पताल – ९ करोड
२८. जनकपुर प्रादेशिक अस्पताल – ९ करोड ८० लाख
२९. भक्तपुर अस्पताल – ३ करोड ८० लाख
३०. बाग्लुङ अस्पताल – ३ करोड ८० लाख
३१.भिम अस्पताल – ३ करोड ८० लाख
३२. लुम्बिनी प्रादेशिक अस्पताल – ९ करोड ८०
३३. सुर्खेत प्रादेशिक अस्पताल – १२ करोड ८० लाख
३४.सेती प्रादेशिक अस्पताल – ६ करोड ८० लाख
३५. महाकाली अस्पताल – ९ करोड ८० लाख