दिक्तेलमा कोरोनाबाट एकको मृत्यु


रामधन राई, खोटाङ ।

जेठ–७,खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलबजारका ५४ वर्षीय प्रदीप राजभण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिरामी राज भण्डारीलाई उपचारको लागिगए राती जिल्ला अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको मेयर दिपनारायण रिजालले उल्लेख गर्नु भएको छ ।
बिरामीलाई अस्पतालमा पु¥याई एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । राष्ट्रिय वाणिज्य वैंक दिक्तेलकापूर्व प्रवन्धक समेत रहेका राज भण्डारीलाई केही दिनदेखि सामान्य ज्वरो आएको बुझिएको वडा सदस्य प्रकाश श्रेष्ठले जनाउनुभयो । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको सहयोगमा सद्गदका लागि परिवारलाई नै दिने तयारी भइरहेको जनाईएको छ ।

नगरपालिकाभित्र ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हाल जिल्लामा २ सय५९ जनामा संक्रमण देखिएको छ । यसअघि साकेला गाउँपालिका–१ बाँझेच्यान डाडाँमा पनि एक बृद्दको संक्रमणबाट मृत्यु भएको थियो । संक्रमणबाट खोटाङका घर भई अन्य ठाँउमा उपचारको क्रममा दर्जन बढीको मृत्यु भइसकेको छ । नगरपालिका लगायत जिल्ला स्थित दश वटै स्थानीयतहले संक्रमणबाट बच्न र बचाउनका लागि सजकता अपनाउन अपिल गरिरहेको छ ।