कास्कीका दुई गाउँपालिकामा नेलम्बो नेपालको सहयोग


कास्की, ।

पोखरा स्थित नेलम्बो नेपालले कास्कीको रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको धम्पुसमा स्वास्थ्य सुरक्षाकासामग्रीहरु प्रदान गरेको छ ।बुधवार संस्थाका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा किसन कोइरालाले रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा रमाछापुच्छ्रे-७, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।रुपा गाउँपालिकालाई पीपिई, फेस शिल्ड, माक्स, सेनिटाइजर, सेनिटाइजर स्टाण्ड, अक्सीमिटर, स्प्रे बोतल, सावुन समेत गरी रु।९४हजार तथा धम्पुसमा २२ हजार बराबरका सामग्री उपलब्ध गराईएको हो।

गाउँपालिका अध्यक्ष ओझाले सहयोग प्रति आभार प्रकट गर्दै नेलम्बोसँग सहकार्य गर्दै जाने बताउनुभयो।उहाँले प्राप्त सामग्रीकोसदुपयोग गरिने विश्वास पनि दिलाउनुभयो।माछापुच्छ्रे-७, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङले महामारीको समयमा अग्रपङतिमा खटिनेहरुलाई लक्षित गरी नेलम्बोले सहयोगगर्दै आएको स्पष्ट पार्दै यसको मूल्याङकन वडावासीले गरिरहेको औँल्याउनुभयो।

 

नेलम्बो नेपालका अध्यक्ष देवकोटाले सरकार, संघसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने धारणाराख्नुभयो ।उहाँले गाउँपालिका र वडासँग सहकार्य गर्न संस्था तयार रहेको पनि स्पष्ट पार्नुभयो।सो अवसरमा नेलम्बोले रुपा गाउँपालिकालाई अस्थायी कोभिड अस्पताल संचालन सहजताका लागि रु। ३ लाख सहयोग गर्ने घोषणापनि गरेको छ ।जुन रकमबाट अस्पतालमा अक्सीजन पाइपलाइन जडान, अन्य पुर्वाधार निर्माण तथा आवश्यक सामग्री खरिद गर्न सक्नेगरी सम्झौता पनि भएको छ ।चार वर्ष अघि स्थापित नेलम्बोले गण्डकी प्रदेशलाई लक्षित गरी शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ।