रियल मेड्रिड ‘द मोस्ट भ्यालुएबल’क्लब


मेड्रिड, (एजेन्सी)

स्पेनिस लालिगा क्लब रियल मेड्रिड लगातार तेस्रो पटक विश्वकै सबैभन्दा धेरै बजार मूल्यभएको ‘द मोस्ट भ्यालुएबल’ फुटबल क्लब बनेको छ ।विश्वबजारकै चर्चित ब्रान्ड नियमन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘ब्रान्ड फाइनान्स’ले सोमबार सार्वजनिक गरेको एक रिपोर्टअनुसार रियल मेड्रिड वर्ष २०२१ को ‘द मोस्ट भ्यालुएबल’ फुटबल क्लब बनेको हो ।

लगातार तेस्रोपटक द मोस्ट भ्यालुए बफुटबल क्लबबन्ने क्रममा यसपटक रियलको मार्केट भ्यालु १२ सय ७६ मिलियन युरो रहेको छ । त्यस्तै, दोस्रो स्थानमापनि स्पेनिस लालिगाक्लबनै रहेको छ । बार्सिलोनाको मार्केट भ्यालु १२ सय ६६ मिलियन युरो भएको जनाइएको छ ।वर्षको सर्वाधिक मार्केट भ्यालुभएको क्लबको टप–१० सूचीमा सबैभन्दा धेरै इङ्ग्ल्यान्डका ६ वटा फुटबलले स्थानपाएका छन् । त्यस्तै, फ्रान्स र जर्मनीकासमानएक–एक क्लबपनि परेका छन् । युरोपियन फुटबलको अर्को पावरहाउस राष्ट्र इटालीको भने कुनै पनि क्लब उत्कृष्ट १० भित्र पर्न सकेन ।रियल र बार्सिलोनापछि तेस्रो स्थानमा इङ्ग्लिस क्लबम्यानचेस्टर युनाइटेड रहेको छ ।

युनाइटेडको मार्केट भ्यालु ११ सय ३० मिलियन युरो रहेको छ । त्यसैगरी, चौथो स्थानमा ११ सय १८ मिलियन युरोसहित प्रिमियर लिगकै क्लबम्यानचेस्टर सिटी रहँदा १ हजार ६८ मिलियन युरोसहितपाँचौंमा जर्मनीको बार्यन म्युनिख छ । त्यसैगरी, छैटौँ स्थानको लिभरपुलको ९ सय ७३ मिलियन युरो रहेको छ । फ्रान्सको पीएसजीक्लब ८ सय ८७मिलियनसहित सातौं स्थानमा रहँदा इङ्ग्लिस प्रिमियर लिगक्लबहरू चेल्सी ७ सय ६९ मिलियन युरो, टोटनह्याम ७ सय २३ मिलियन युरो र आर्सेनल ६ सय ७५ मिलियन युरोसहितक्रमशः आठौं देखि दशौं स्थानमा छन् ।