एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने मौका


काठमाडौं(नेस) ।

एनसेलका ग्राहकले अब युनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने भएका छन् । एनसेल आक्जियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागु हुने घोषणा गरेको छ ।इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिनदेखि सात दिनको लागि सञ्चालनमा रहने भएको छयस आकर्षक योजनाअन्तर्गत यूएईबाट धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्ने ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी ए–ट्वान्टी स्मार्टफोन जित्न सक्नेछन् ।

यूएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनुका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । कोरोनाभाइरसको दोस्रो लहरले सिर्जना गरेकोे विषम परिस्थितिमा यो योजनाले एनसेलको नेटवर्कमार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्दत गर्ने भएको छ ।यो योजना अन्तर्गत, यूएईबाट सबै भन्दा धेरै आगमनकल प्राप्त गर्ने एक ग्राहकले हरेक दिन एक सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सफलहुनेछन् ।७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्नेछन् । ग्राहकले उठाएको आगमनकुल संख्या, औसतकल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयीग्राहकको नाम घोषणा गरिनेछ ।

विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिने एनसेलले जनाएको छ ।हाल लागू भएको निषेधाज्ञा हटेको एक हप्ता पछि विजयी ग्राहकले आफुले जितेको स्मार्टफोन लिन सक्नेछन् ।स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलकाग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गर्दा ग्राहकले रु २० सम्मबोनस पनिप्राप्त गर्नेछन् ।ग्राहकहरूले १७१२६ डायलगरि सजिलै यो सेवानिःशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन् ।