पत्रकारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री



पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लाका लागि समाचार संकलन तथा प्रसारणका समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । समितिले पर्वत, म्याग्दी र मुस्ताङका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

उक्त सामग्री पत्रकार महासंघ गण्डकीका निवर्तमान महासचिव गणेश पौडेल, महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा र उपस्थित अन्य पत्रकारलाई हस्तान्तरण गरिएको हो । कास्कीसहित ती जिल्लामा पाँच हजार थान मास्क र १० लिटर सेनिटाइजर र स्ट्याण्ड र ६० फेससिल्ड वितरण गरिएको छ ।

महासंघ गण्डकीलाई नेलम्बो नेपालबाट प्राप्त मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामग्री र लायन्स क्लब अफ पोखरा माछापुच्छ«ेबाट प्राप्त फेससिल्ड प्रदान गरिएको हो । महासंघ कास्कीसहित प्रदेशका सबै जिल्लामा आवश्यकताका आधारमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिने महासचिव सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्