भगर ताल संरक्षणका लागि ५० लाख खर्च गर्दै नगरपालिका

0
Shares

विष्णु तिमिल्सिना, बर्दिया ।

जिल्लाको सदरमुकाम गुलरियामा रहेको भगरजैविक तालको संरक्षण गर्ने भन्दै डयाम बनाउनका लागी गुलरिया नगरपालिकाले ५० लाख रुपैयाको लगानीमा माटो उत्खनन गरी बाहिर पठाउने र बाहिरको माटो त्यहा ल्याउने कार्य भैरहेको छ ।

ताल संरक्षणका लागी छुटयाएको ५० लाख रुपैयाले तालको दक्षिण भागमा डयाम निर्माण गर्न लागीएको छ । पहिले पनि डयाम निर्माण गरिएको स्थानमा थप ४ मिटर थप्ने योजना अनुसार अहिले सो काम उपभोत्ता मार्फत भैरहेको हो । उपभोत्ता समिति मार्फत सम्झौता भएपनि अहिले काम महिमा कन्ट्रक्सनले गरिरहेको छ ।

तालको संरक्षणका लागी ४ फिट उचाई र ८ सय ४० मिटर लम्वाईमा डयाम गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष दिपक रावलले जानकारी दिनु भयो । सो तालको निर्माण भएपछि माछापालन, डुगाँ विहारका साथै ताल नजिकै निर्माणाधिन पार्क बाट गुलरिया नगरपालिकाकालाई बार्षिक करिब एक करोड रुपैया आम्दानी हुने र गुलरियामा आन्तरिक तथा बाह् पर्यटक स्थलका रुपमा विकास गर्न सकिने कुरा ४ न बडाध्यक्ष रामबहादुर रावलले बताउनु भयो ।

गुलरिया नगरपालिका वार्ड न ४ तुल्सिपुरमा अवस्थित उक्त ताल विगतमा आएको बाढि र बर्षेनी वरपरबाट आउने माटो बालुवा आदिको थिग्रीनले ताल पुरिदै गएको थियो । उक्त ताललाई पुरानो अवस्थामा ल्याउन र पर्यटकिय स्थलको रुपमा विकास गर्न लागी माटो उत्खनन कार्य हाल तिव्र गतिमा भैरहेको छ ।

तालबाट आवश्यकता भन्दा वढि डोजर जेसिभि लगायतका सामाग्री प्रयोग गरी माटो झिकी अन्यत्र पठाएको कुुरामा स्थानियवासीको जनगुनासो रहेको छ । उत्खनन गरिदै आइरहेको कार्यलाई स्थानिय वासीहरुले बातावरणिय विपरित धेरै उत्खनन भएर जोखिममा पर्ने त होइन भन्ने आशंका पनि व्यक्त गरेका छन ।

गुलरिया नगरपालिकाका इन्जिनियर विशाल पौडेलले भगरताल संरक्षणको लागी पहिले नै डिपिआर भैसकेको र त्यसको लागी वातावरणीय परिक्षण पनि भैसकेको हुनाले सोहि अनुसार काम भैरहेको छ त्यहाको माटो उपयुक्त नभएकोले निकाल्नु पर्ने र बाहिरको माटो ल्यायर राख्नुपर्ने पर्ने बताउनु भयो । थप जानकारीको लागी साइड इन्चार्ज संग बुझने बताउनु भयो ।