मनाङमा पनि भेटिए कोरोना संक्रमित

0
Shares

मनाङ । हिमाल पारीको जिल्ला मनाङमा पनि दुइ जना कोरोना संक्रति भेटिएका छन् । चामे गाउँपालीकामा रहेको राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत दुइ जना कर्मचारीमा बिरामी भै अस्पताल जाँदा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला अस्पतालको डाक्टर प्रतिभा गौलीले जानकारी दिनुभएको छ ।

जनस्वस्थ्य कार्यलय चामे मनाङका अनुसार पहिलो चरणको कोरोना पछि दोस्रो चरणको यो पहिलो कंक्रमित भएको जानकारी दिएको छ । जनस्वस्थ्यका अनुसार जिल्लामा हाल ५ बेडको आइसोलेसन बेड निर्माण गरीएको छ भने अस्पतालमा ५ वटा अक्षिजन सिलिन्डर रहेको पनि अस्पतालले जानकारी दिएको छ ।कास्की जिल्ला घर भइ हाल मनाङ चामे गाउँपालीका राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत कर्मचारी मा देखा परेको हो । उहाँहरु हाल होम आइसोलेसनमा बसेको प्रमुख जिल्ला अधिकारी बिषणु प्रसाद लामिछानेले जानकारी दिनुभयो ।यस महामारी बाट आफु सतर्क रहि समाजलाइ सुरक्षीत राख्न नेपाल सरकारले दिएको निर्देसन पालन गर्न समेत अनुरोध गर्नु भएको छ ।

जिल्ला अस्पतालमा रहेको एक भेन्टीलेटर र आइसियु कक्षा जनशक्ति अभाबका कारण सन्चालनमा आउन सकेको छैन ति दुइ संक्रमित दम्पत्ती हुन् । पछिल्लो समय नेपालमा दिनानु दिन दोस्रो लहरको कोरोना संक्रमणदर फैलिदै गए पनि मनाङमा भने शून्य रहेको थियो । कास्की जिल्ला स्थायी घर भएका ति दम्पत्ती एक हप्ता अघि मात्र मनाङ आएका थिए । संक्रमितहरु अहिले होम आइसोलेशनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभएको छ । जिल्लामा पहिलो पटक दोश्रो लहरको कोरोना संक्रमित देखा परेसंगै उच्च सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनु भयो ।

हाल जिल्लामा तत्कालका लागि ५ शैयाको आइसोलेशन कक्षा जिल्ला अस्पतालमा तयार पारिएको पनि जिल्ला स्वास्थ्य कार्यालले जनाएको छ । कोरोना कोरोना भाइरस महामारीको कारण प्रत्यक्ष रुपमा बैठक बस्न नपाए पनि नेपाल पत्रकार महासंघ मनाङ शाखाले भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेको छ । कोरोना कहरका बेलामा भेटघाट हुन नपाएको अवस्थामा भिडियो मार्फत एक आपसमा स्वास्थ्य सर्तकताका बारेमा अन्तरक्रिया गरिएको मनाङ शाखाले जनाएको छ ।

शनिवार अनलाइन जुम मार्फत शाखाले जिल्लाका स्वास्थ्य प्रमुख , प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रशासन र स्थानिय तहका पदाधिकारीहरु संग अन्तरक्रिया गरिएको हो । यसै बैठकमा सहभागी हुदै पत्रकार महासंघ केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले समपुर्ण पत्रकारहरुलाइ आफु सुरक्षीत रहि समाचार सम्प्रेशण गर्न समेत अनुरोध गर्नु भयो । कोरोना महामारी (कोभिड १९)को विषम परिस्थितिमा सरकारको निर्देशनको पालना गर्दै शाखाले जुम प्रविधिको प्रयोग गरेको हो ।